राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन, पाटन सङ्ग्रहालयकाे अवलाेकन

काठमाडाैं | साउन १२, २०८०

राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन, पाटन सङ्ग्रहालयकाे अवलाेकन

काठमाण्डौ:  राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रवार बिहान ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ ।

 

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । त्यस अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियो ।

 

राष्ट्रपति पौडेललाई पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले त्यस क्षेत्रको जानकारी गराउनुभएको थियो ।

काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ ।   शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्प...

थप पढ्नुहोस्

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्